परिचय
आधुनिक युगमा आधुनिकीकरण संगै विकास भएको बिश्व बजार व्यवसायको प्रभावबाट नेपाली समाज र परिवेश पनि अछुतो रहन सकेको छैन । नेपाल सरकारले अवलम्बन गरेको सहकारी नीति नियमक ऐन २०४८ बमोजिम २०६४ सालमा लक्ष्मीनाराण बहुउद्देश्यिय सहकारी संस्था लि. को नामबाट सहकारी डिभिजन कार्यालय काठमाण्डौमा आधिकारिक मान्यता प्राप्त गरी विधिवत रुपमा काठमाण्डौ जिलला साविक मुलपानी गा.वि.स.वडा ४ बाबाचौक स्थित घरभाडामा लिई कार्य संचालन सुरुवात गरेको र मिति २०७८/१०/२६ गते प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालय, बागमती प्रदेश, हेटौडा, मकवानपुरबाट लक्ष्मीनारायण बहुउद्देश्यिय सहकारी संस्था लि. को नाम परिवर्तन गरि लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लि. को नामबाट काठमाण्डौ जिल्ला कागेश्वरीमनोहरा नगरपालिका वडा नं.६ बाबाचौक स्थित संस्थाको आफ्नै भवन निर्माण गरि मिति २०८०/०६/०९ बाट कार्य संचालन गर्दै आएको स्मरण गराउंदै समाज परिवर्तन मानिसहरुको आर्थिक अवस्था सुधार गर्नको लागि आजको युगमा सहकारिताको अवधारणालाई पूर्णरुपमा आत्मसाथ गर्दै मानिसको जिवन स्तर लाई माथि उठाउनको लागि यस संस्थाका शेयर धनी बचत कर्ताहरुले छिटो, मिठो सरल सेवा प्रदान गर्नेमा संस्था दृढ संकल्पित छ ।
संयुक्त स्वामित्व तथा पूर्व प्रजातान्त्रीक भई साझा आर्थिक र सामाजिक आवश्यकताहरुको परिपूर्ति गर्न स्वच्छिक रुपमा एकजुट भएको यस बित्तिय संगठनले समाजका बिद्यमान गरिवी, पछौटेपन तथा बेरोजारी जस्ता सामाजिक समस्याहरुलाई निष्क्रिय गर्न तथा छरिएर रहेको पूंजीको संकलन गर्दै उक्त पूंजी, थोरै सीप, थोरै अनुभव र साधनहरुलाई सहकारिताको माध्यमबाट संस्थागत गर्दै प्रत्येक व्यक्तिमा सहकारीको भावना बढाउन सके पक्कै पनि नेपाल आउंदो १०,१२ वर्ष भित्र आर्थिक रुपले पिल्सिएको, धनि वर्गहरुबाट थिचिएको अवस्थामा त्यस्ता जनताहरुलाई माथि उकास्ने एउटै मात्र माध्यम सहकारी भएको हुंदा सदस्यद्वारा सदस्यकै लागि सदस्यकै सक्रियतामा संकलित पूंजीलाई इमान्दार र कर्मठ व्यवसायी एवंम उद्यमीहरुलाई सुलभ व्याजदरमा कर्जा लगानी गरि सदस्यको आर्थिक स्तर माथि उकास्ने यस संस्थाको मुलभूत उद्देश्य रहेको जानकारी गराउंदछौं ।
उद्देश्य तथा लक्ष्यहरु
- संस्थाको शेयर पूंजीलाई क्रमशः बृद्धि गर्दै बित्तिय रुपमा सक्षम संस्थाको रुपमा बिकास गर्ने ।
- प्रबिधिको उच्चतम प्रयोगबाट सेवामा थप सहजता प्रदान गर्दै प्रविधि मैत्री संस्थाको रुपमा बिकास गर्ने ।
- कर्मचारीको क्षमता अभिबृद्धि गर्न तालिम तथा बिकास कार्यक्रम संचालन गरी दक्ष जनशक्तिको रुपमा बिकास गर्ने ।
- सहकारी ऐन, नियमावली तथा मापदण्डको अधिनमा रही अन्य उत्पादनमूलक क्षेत्रको पहिचान गरी ती क्षेत्रहरुमा लगानी गर्ने ।
- सदस्यहरुको भरपर्दो बित्तिय संस्था बनाउने ।
- बित्तिय कारोबारहरुलाई प्रतिष्पर्धी एवं गुणस्तरीय बनाउने ।
- सदस्यहरुलाई थप व्यवसायिक बनाउन पहल गर्ने ।
- संस्थागत सुशासन एवं दिगो विकास र विस्तार गर्ने ।